+
+

क्याप्टेन विजय लामा बने इसेवा ट्राभल्स् एण्ड टुर्सका ब्राण्ड एम्बेस्डर

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते २०:१६

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् । शुक्रबार एक कार्यक्रमकाबीच लामालाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र क्याप्टेन विजय लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । क्याप्टेन लामा ब्राण्ड एम्बेस्डर नियुक्त भएसँगै अन्तर्राष्ट्रिय हवाई टिकट क्षेत्रमा थप पारदर्शीता कायम हुनुका साथै आम मानिसले कम मूल्यमा सहज रुपमा टिकट काट्न सक्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत सापकोटाले क्याप्टेन लामा जस्तो बहुआयामिक व्यक्तिलाई ब्राण्ड एम्बेस्डर बनाउन पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा लामाले नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी इसेवासँग जोडिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । इसेवाले आन्तरिक टिकटिङ क्षेत्रमा आफूलाई अब्बल साबित गरिसकेको र अन्तर्राष्ट्रिय टिकटिङको क्षेत्रमा पनि विश्वास जित्न सफल हुने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा एफवान सफ्टका सीईओ सुवास शर्मा, इसेवा टुर्सका निर्देशक मेख केसीले पनि अन्तर्राष्ट्रिय टिकटिङ क्षेत्रमा इसेवाले थप सहजता ल्याउने विश्वास व्यक्त गरेका थिए ।

इसेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट बिक्री गर्दे आएकोमा अन्तर्राष्ट्रिय उडानहरुको समेत टिकट बिक्री गर्न सुरु गरेको छ । वैदेशीक यात्रामा जाने हरेक नेपालीले इसेवा मार्फत कुनै पनि देशका कुनैपनि गन्तव्यका हवाई टिकट सहजै काट्न सकिने इसेवाले जनाएको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि बिकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?