+
+

एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने जसपाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १५:५५

१५ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदात गर्ने निर्णय गरेको छ ।

आइतबार ललितपुरमा बसेको कार्यकारिणी समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन गर्ने पक्षमा मतदान गर्ने  सर्वसम्मत निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।

बैठकमा केही नेताहरूले सत्तारुढ दलका केही पार्टीहरूले अगाडि सारेको व्याख्यात्मक घोषणाको स्वामित्व जसपाले लिन नहुने र यसलाई निशर्त स्वीकार गर्नुपर्ने धारणा राखेका थिए । जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनीपक्षीय नेताहरू एमसीसी सम्झौताको पक्षमा खुलेका थिए भने अध्यक्ष उपेन्द्र यादव मौन रहँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?