+
+

रुसी सेनालाई जेलेन्स्कीको अपील : हतियार त्यागेर आफ्नो ज्यान बचाउनतिर लाग्‍नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १६:२५

१६ फागुन, काठमाडौं । युक्रेनका प्रतिनिधिहरू रुसी प्रतिनिधिसँग वार्ता गर्न बेलारुसको सीमामा पुगिसकेका छन् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै युक्रेनका प्रतिनिधिहरू वार्ताका लागि बेलारुसको सीमा पुगिसकेको जानकारी दिएको हो ।

युक्रेनी वार्ता टोलीमा रक्षा मन्त्री ओलेक्सी रेज्निकोभ, सहायक विदेश मन्त्री मिकोला तोकित्स्कीसहितका अधिकारीहरू रहेका पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा तत्काल युद्ध विराम गरी रुसी सेना फिर्ता गर्नुपर्ने माग समेत गरिएको सीएनएनले जनाएको छ ।

त्यस्तै, जेलेन्स्कीले वार्ताबाट परिणाम निस्कने कुराप्रति आशंका व्यक्त गरेका छन् । तर वार्ताको प्रयास राम्रो भएको पनि उनको भनाइ छ । उनले नयाँ भिडियो सन्देशमा रुसी सेनालाई आत्मसमर्पण गरेर फिर्ता जान समेत भनेका छन् ।

‘आफ्ना हतियार त्यागेर यहाँबाट जानु होस्’, जेलेन्स्कीलाई उदृत गर्दै फ्रान्स २४ समाचार माध्यमले लेखेको छ, ‘आफ्ना कमाण्डरको कुरा नपत्याउनुहोस् । भ्रम फैलाउनेहरूको विश्वास नगर्नुहोस् । केबल आफ्नो ज्यान बचाउनु होस् ।’

त्यस्तै, जेलेन्स्कीले आफ्नो सन्देशमा फास्ट ट्र्याकमार्फत् युक्रेनलाई तत्काल युरोपेली युनियनको सदस्यता दिन समेत अपील गरेका छन् ।

उनले भने, ‘नयाँ एवं विशेष कार्यविधिमार्फत् युक्रेनलाई सदस्यता दिनका लागि युरोपेली युनियनलाई आग्रह गर्छौं । हाम्रो लक्ष्य भनेको सबै युरोपेलीसँगै रहने हो ।’ सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?