+
+

बलात्कार आरोपीको घरमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १८:३८

१६ फागुन, विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ की १२ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दीपक गिरीको घरमा आगजनी भएको छ ।

सोमबार मृतक बालिकाको आफन्त र गाउँलेहरूले आरोपी गिरीको घरमा आगजनी गरेको वडाध्यक्ष भीमप्रसाद पोखरेलले बताए । आगजनीबाट गिरीको घर जलेर नष्ट भएको छ ।

बुधबार बेलुका स्कुलबाट घर फर्कने क्रममा बेपत्ता भएकी लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीय करुणा राईको शव शुक्रबार विहान विभत्स अवस्थामा फेला परेको थियो ।

बालिकाको हत्या आरोपमा प्रहरीले शुक्रबार गिरीलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?