+
+

नेपाल सुपर लिगको अक्सन फागुन २० गते, अक्सनमा २४२ खेलाडी हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते ९:१६

१६ फागुन, काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि यही फागुन ११ गते अक्सन हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले २० गते अक्सन हुने जानकारी गराएको छ ।

यस्तै अक्सनमा समावेश हुने खेलाडीको सूची समेत सार्वजनिक भएको छ । आयोजकले ए, बी र सी गरी तीन क्याटेगोरीमा खेलाडीलाई विभाजन गरेको छ ।

चैत अन्तिम देखि सुरु हुने तयारी रहेको प्रतियोगितामा यस पटक तीन नयाँ टिम थपिएका छन् र कुल १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

अक्सनका लागि आयोजकले कुल २४२ जनाको नाम सार्वजनिक गरेको छ । जसमध्ये क्याटेगोरी ए मा ४० जना छन् । यस्तै क्याटेगोरी बी र सी मा भने समान १०१ जना खेलाडी छन् ।

गत वर्ष एफसी चितवनको मार्की प्लेयर रहेका भरत खवास यस पटक भने अक्सनमा जाने भएका छन् । उनी क्याटेगोरी ए को सूचीमा छन् ।

त्यसबाहेक आयोजकले २२ जनाको मार्की प्लेयरको सूची समेत तयार पारेको छ । जसबाट फ्रेन्चाइजले अक्सन अघि मार्की खेलाडी अनुबन्ध गर्न सक्नेछन् ।

गत वर्ष ललितपुर सिटीको मार्की प्लेयर रहेका अन्जन विष्टलाई यस पटक नयाँ टिम झापा एफसीले मार्की प्लेयर अनुबन्ध गरिसकेको छ ।

अक्सनमा रहेका खेलाडीको सूची 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?