+
+

नोभाक जोकेभिचले प्रशिक्षक मारियनसँगको साथ छाडे

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १२:२६

१८ फागुन, एजेन्सी । पूर्व विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिचले प्रशिक्षक मारियन भाज्दासँगको सहकार्य तोडेका छन् । २० पल्ट ग्राण्डस्लाम उपाधि जित्दाका अधिकांश समय मारियनले जोकोभिचलाई प्रशिक्षण गरेका थिए ।

३४ वर्षीय सर्वियाली खेलाडी जोकोभिचले सोमबारमात्र विश्व वरीयताको शीर्ष स्थान गुमाएका थिए । उनलाई रुसका ड्यानियल मेदभेदेवले पछि पारेका हुन् ।

जोकोभिचले सन् २००६ देखि भाज्दासँग प्रशिक्षण लिन थालेका हुन् । सन् २०१७ को एक वर्ष उनीहरू अलग्गिएका थिए । ‘मेरो करिअरको सबैभन्दा महत्वपूर्ण र अविष्मरणीय क्षणमा मरियन मेरो साथमा थिए’ जोकोभिचले भने, ‘हामीले केहि अविश्वसनीय कुराहरू हासिल गरेका छौं । १५ वर्षको हाम्रो सम्बन्ध र समर्पणका लागि म आभारी छु ।’

यी दुईले सन् २०२१ सिजनको अन्त्यतिर सहकार्य अन्त्य गर्ने सहमति गरेका थिए । यो वर्ष जोकोभिचले चारमध्ये तीनवटा ग्राण्डस्लाम जितेका थिए ।

गत महिना अस्ट्रेलियन ओपनको पूर्वसन्ध्यामा अस्ट्रेलियाबाट निकालामा परे पनि जोकोभिच गत साता दुवई ओपनबाट कोर्टमा फर्किएका थिए । उनी क्वाटरफाइनलमा जिरी भेसेलीसँग पराजित भएका थिए ।

भाज्दाले पनि जोकोभिचसँगको आफ्नो सहकार्यप्रति गर्व लागेको बताएका छन् । उनी नयाँ चुनौतीका लागि पनि तयार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?