+
+

काठमाडौं ट्रिनाले र बर्जर पेन्टस् बीच सम्झौता, अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १८:०५

काठमाडौं । चौथौ काठमाडौं ट्रिनाले अन्तर्राष्ट्रिय कला प्रदर्शनी आयोजना गर्नका लागि काठमाडौं ट्रिनाले र बर्जर पेन्टस् नेपालबीच सम्झौता भएको छ ।

१७ फागुनदेखि १७ चैतसम्म हुने कला प्रदर्शनीमा ४० राष्ट्रका १ सय जना कलाकारहरुले ३ सय प्रकारका कलाकृतिहरु प्रदर्शनी गर्नेछन् । उनीहरुले विभिन्न विधामा आधारित रहेर काठमाडौंका सांस्कृतिक तथा ऐतिहासिक महत्वका ५ ठाउँहरुमा आफ्ना कलाहरु समेत प्रस्तुत गर्नेछन् ।

कुनै पनि कला संस्कृतिमा पेन्टको भूमिका नितान्त महत्वपूर्ण हुने भएकोले बर्जर पेन्टस्ले नेपालको कला र संस्कृतिको प्रबर्द्धनमा विगत धेरै वर्षदेखि अग्रपंक्तिमा रही सक्रीय भूमिका निर्वाह गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

विश्वव्यापी समकालीन कला प्रदर्शनीका लागि काठमाडौं ट्रिनाले नेपालकै प्रमुख अन्तर्राष्ट्रिय मञ्च हो । काठमाडौंको कला र संस्कृतिलाई विश्वसामु चिनाउन सिद्धार्थ आर्ट फाउन्डेसनको पहल स्वरुप यस प्रदर्शनीको पछिल्लो संस्करण आयोजना हुन लागेको हो ।

यस साझेदारीमार्फत नेपालमा पेन्टस् उत्पादन तथा बिक्री वितरणमा अग्रपंक्तिमा रहेको बर्जर पेन्टस्ले नेपालको कला र संस्कृतिलाई प्रबर्द्धन गर्ने विश्वास गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?