+
+

अमेरिकाले किन उडायो आणविक बम प्रतिरोधी हवाई जहाज ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १३:०२

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले केही दिन अगाडि आफ्नो देशको परमाणु सेनालाई उच्च सतर्कतामा रहन निर्देशन दिए । पुटिनको उक्त आदेशसँगै गत फेब्रुअरी २८ मा अमेरिकाले यस्तो विमान उडायो जसले परमाणु बमको आक्रमण पनि सहन सक्दछ । आणविक बम प्रतिरोधी डुम्सडे जहाज भनिने उक्त विमानमा आणविक हतियार प्रहार भए पनि त्यसभित्र रहेका मानिसहरू सुरक्षित हुन्छन् ।

डुम्सडे प्लेन वास्तवमा बोइङ ७४७ विमानलाई मोडीफाइ गरेर बनाइएको हो । यसको प्राविधिक नाम बोइङ इ फोर बी Boeing-E4B राखिएको छ । फेब्रुअरी २८ मा नेब्रास्काको अमेरिकी वायुसेनाको आधार सिविरबाट उडान भरेर साढे ४ घण्टामा उक्त विमान शिकागोमा अवतरण गरेको थियो ।

उक्त उडानका क्रममा डुम्सडे विमानसँगै केही पूर्वचेतावनीयुक्त जेट विमानहरू पनि थिए जसले कुनै पनि ब्यालिस्टिक मिसाइल हमलाको बारेमा जानकारी दिन सक्दछन् ।

डुम्सडे प्लेन अर्थात् बोइंग इ ४ बी अमेरिकी सेनाद्वारा व्यवस्थित नाइटवाच जहाज समूह (एयरक्राफ्ट फि्लट) को एक हिस्सा हो । उक्त एयरक्राफ्ट फि्लटलाई अमेरिकी सेनाले सन् १९७० देखि सञ्चालन गरिरहेको छ । जसमा अमेरिकी राष्ट्रपतिको विमान एयरफोर्स वान पनि रहेको छ ।

बोइंग इ फोर बी निर्माण गर्नुको उद्धेश्य परमाणु युद्धको समयमा उक्त विमानलाई कमान्ड केन्द्रमा बदल्नु हो । त्यसमा सेनाका उच्च अधिकारीहरू हावामा उडेरै शत्रुविरुद्ध लड्ने रणनीति बनाउन सक्दछन् । उक्त विमानमा सुरक्षाका विभिन्न प्रबन्धहरू  गरिएका छन्, जुन आम बोइंग ७४७ मा उपलब्ध हुँदैनन् । यो विमानले एन्टिक एनालग प्रविधिमा काम गर्दछ जसमा आधुनिक डिजिटल यन्त्र हुँदैन । त्यसैले यो विमानलाई ट्रयाक गर्न र ह्याक गर्न कठिन हुन्छ ।

परमाणु विस्फोटबाट निस्कने विद्युत चुम्बकीय तरंगहरूको पनि यो विमानमा कुनै असर पर्दैन र यसमा रहेको एनालग प्रणालीले काम गरिरहन सक्दछ । यो जहाजमा झ्यालहरू नगन्य हुन्छन् जसमा विशेष खालको शिल्डको व्यवस्था हुन्छ जसले यसभित्र रहेका यात्रु तथा चालक दलका सदस्यहरूलाई परमाणु युद्धबाट निस्किने ताप तथा विकिरणबाट बचाउँदछ ।

विमानको माथिल्लो भागलाई राडोम भनिन्छ, जहाँ ६५ वटा स्याटेलाइट डिस तथा एन्टेना राखिएको छ । जसबाट यो जहाजले अन्य जहाजहरू, यद्धपोत, पनडुब्बी, फाइटर जेट तथा जमिनको ल्इाण्डलाइन फोनसँग समेत सम्पर्क गर्न सकिन्छ । यो जहाजमा फ्यूल टंकी यतिधेरै ठूलो हुन्छ कि विमानलाई कैयौं दिनसम्म आकाशका उडिरहनका लागि तेल पुग्दछ । अमेरिकी वायुसेनासँग यस्ता चारवटा जहाज छन् । जहाजको उचाइ छ तले घरजत्तिकै छ । जहाजमा १८ वटा बंक्स, ६ वटा बाथरुम, एउटा ब्रिफिङ रुम छन् भने यसमा एक पटकमा ११२ जना मानिस उडान भर्न सक्दछन् ।

बोइंग इ ४ बीको लम्बाई २३१ फिट छ । त्यस्तै विंगस्पान १९५.८ फिट र उचाइ ६३.५ फिट छ । यसमा चारवटा जनरल इलेक्ट्रिक एफ १०३ टर्बोफ्यान इन्जिन छन् । यो जहाज अधिकतम ९६९ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्दछ ।

अमेरिकाले एउटा बोइंग इ फोर बी जहाजलाई सम्भावित युद्धका लागि हरक्षण पूर्ण तयारीमा राखेको हुन्छ । त्यसको लगातार तालिम तथा उडान भैरहन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?