+
+

सुर्खेतमा दुई दिनपछि मनाइयो सेना दिवस

‘युनिटी रन’को उपाधि रेशम शाहीलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १९:०५

१९ फागुन, सुर्खेत । नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वार्टर सुर्खेतले दुई दिनपछि बिहीबार सेना दिवस मनाएको छ ।

सेना दिवस १७ गते मंगलबार भए पनि अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्धको आन्दोलन चर्किएपछि कर्फ्यू लगाइएका कारण दुई दिन पछि सेना दिवस मनाइयको हो ।

सेनाले प्रदेश राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा विशेष कार्यक्रम गेरर सेना दिवस मनाएको छ । कार्यक्रममा नेपाली सेनाले दौड प्रतियोगिता र सैनिक कलासंस्कृति प्रस्तुत गरेको छ ।

त्यसैगरी सेना र नेपालको परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य प्रदर्शन गरिनुका साथै विभिन्न खालका उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री जीवनबहादुर शाही लगायतका व्यक्तित्वहरू सहभागी थिए । पश्चिम कमान्ड सेनापति उपरथी प्रेम शाहीले प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री शाहीलाई स्वागत गरेका थिए ।

२०४७ सालदेखि नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।

‘युनिटी रन’को उपाधि रेशम शाहीलाई

पश्चिम कमाण्ड हेडक्वार्टरले सेना दिवसको अवसरमा आयोजना गरेको ‘पश्चिम कमाण्ड युनिटी रन–२०७८’को उपाधि रेशमबहादुर शाहीले प्राप्त गरेका छन् ।

२१ किलोमिटर दूरी शाहीले एक घण्टा १५.१० मिनेटमा पार गरेर प्रथम स्थान हासिल गरेका हुन् । त्यस्तै एक घण्टा १६.९ मिनेटमा पार गर्दै नारायण शाही दोस्रो र एक घण्टा १८.११ मिनेटमा पार गरेर पंख थापा तेस्रो भएका हेडक्वार्टरका प्रमुख सेनानी सञ्जीव भण्डारीले बताए ।

त्यस्तै १० किलोमिटर दूरी ३८.०१ मिनेट पार गरेर प्रेम बहादुर विष्ट प्रथम, ३८.११ मिनेटमा पार गरेका विपिन जैसी दोस्रो र ३८.१६ मिनेटमा पार गरेर देवा वली तेस्रो भएका छन् ।

पुरुषतर्फको पाँच किलोमिटर दौड १७.५० मिनेटमा पार गरेर प्रजन थापा प्रथम, १८.१३ मिनेटमा पार गरेर प्रकाश बुढा दोस्रो र १८.२९ मिनेटमा पार गरेर जनक बोहरा तेस्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?