+
+

इन्डोनेसियामा आपराधिक समूहले गरे आठ जनाको हत्या

रासस रासस
२०७८ फागुन २० गते १४:४९

२० फागुन, काठमाडौं । इन्डोनेसियामा आपराधिक समूहको आक्रमणमा परी कम्तीमा आठ सर्वसाधारणको मृत्यु भएको छ । पपुपाका पृथकतावादीहरूले उनीहरूको हत्या गरेको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

मारिएकाहरू प्रविधिसम्बन्धी कम्पनीमा काम गर्ने कामदार हुन् । सो कम्पनीको टावरलाईसमेत असर पार्ने गरी उनीहरूले आक्रमण गरेको जनाइएको छ । सरकारी अधिकारीहरूले खराब मौसमका कारण उनीहरूलाई उद्धार गर्न नसकिएको जानकारी दिएका छन् ।

हवाइ यातायातको साधन प्रयोग गरेर मात्रै घटनास्थलमा पुग्न सकिने भएकाले सरकारी अधिकारीहरू पुग्न कठिन भएको बताइएको छ । ‘हामीले हाम्रो टोलीलाई त्यता पठाउनका लागि तयारी गरिरहेका छौं, अनुकूल हुनासाथ हाम्रो टोली घटनास्थलमा पुगेर विस्तृत विवरण लिएर आउने छ र उनीहरूलाई पनि उद्धार गर्नेछ,’ एक अधिकारीले भने ।

आफूहरूले घटनाका बारेमा थप अध्ययन अनुसन्धान पनि गर्ने उनीहरूको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?