+
+

काठमाडौंमा पूर्णरूपमा हट्यो स्मार्ट लकडाउन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १६:५०

२० फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड-१९ संक्रमणका कारण लगाइएको आंशिक निषेधाज्ञा पू‌‌र्णरूपमा हटेको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै पूर्णरुपमा प्रतिबन्धात्मक व्यवस्था हटाइएको जनाएको छ ।

गत माघ २३ गतेदेखि आंशिक रुपमा स्मार्ट लकडाउन गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ २३ देखि आमससभा जुलुस भेला र मेलाबाहेकका कार्य खुकुलो बनाएको थियो । सपिङ मल, डिमार्टमेन्ट स्टोर आदि स्थानमा जाँदा खोप कार्ड अनिवार्य बोक्नुपर्थ्यो ।

त्यस्तै, फागुन १ गतेदेखि डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबजस्ता रात्रिकालीन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?