+
+

काठमाडौंबाट दमौली गएको सिम्रिक एयरको हेलिकप्टरले आगो निभाउन थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १२:५८

२२ फागुन, काठमाडौं । काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकप्टरले दमौली बजारमा लागेको आगो निभाउन थालेको छ । बजार नजिकको नदीबाट पानी ओसारेर हेलिकप्टरमार्फत् आगो निभाउन थालिएको हो ।

उक्त हेलिकप्टरमा क्याप्टेन इन कमाण्ड सुरेन्द्र पौडेल र क्याप्टेन राजेन्द्र दुवाल छन् । उनीहरुसँगै अग्नि नियन्त्रक टोली पनि रहेको सिम्रिक एयरका योगेश सापकोटाले जानकारी दिए ।

गृह मन्त्रालयले पत्र लेखेर सिम्रिक एयरको सहयोग मागेको थियो । त्यसपछि काठमाडौंबाट हेलिकप्टर दमौली गएको थियो ।

आगो लागेको ठाउँमा बाटो साँघुरो भएकाले दमकल पुग्न कठिन भएको थियो । दमकल नजिक लैजान बाटोमा पर्ने टहरो भत्काइएको छ । अहिले दमकल र हेलिकप्टर दुवैबाट आगो निभाउने प्रयास जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?