+
+

३.६६ अंकले घट्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १५:४५

२२ फागुन, काठमाडौं । लगानी योग्य रकम अभावले गाँजेको सेयर बजारमा साताको पहिलो दिन आइतबार निराशा देखिएको छ । आइतबार ३.६६ अंकले सेयर बजार घट्दा कुल २३० कम्पनीको सेयर खरिद बिक्री भयो । कारोबार रकम भने २ अर्ब ४९ करोड रुपैयाँ मात्रै रह्यो ।

कारोबारमा आएका मध्ये ७८ कम्पनीको सेयर मूल्य बढे पनि १०१ कम्पनीको सेयर मूल्य घट्यो भने १३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।

आइतबार कारोबारमा आएका १३ उपसमूह मध्ये ९ उपसमूह राताम्मै रह्यो भने चार उपसमूह सकारात्मक रह्यो । आइतबार मैलुङखोला जलविद्युत कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै ७.८० प्रंतिशतले बढ्यो । यस्तै साम्लिङ्ग पावर र नेपाल ल्युब आयल कम्पनीको सेयर धनीले पनि आजको दोस्रो बजारमा कमाइ गरे ।

यस्तै शिवम् सिमेन्ट, रिलायन्स लाइफ इन्स्योरेन्स लगायतका कम्पनीको सेयर धनीले भने आज गुमाए । शिवम् सिमेन्टको सेयर सबै भन्दा धेरै ७.११ प्रतिशतले घटेको थियो । घटे पनि शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र अपी पावरको सेयर क्रमशः अधिक कारोबार हुने स्टक बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?