+
+

फर्पिङमा सनराइज बैंकको वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १८:०२

काठमाडौं । काठमाडौंको फर्पिङमा रहेको सनराइज बैंकको शाखाले दक्षिणकालीमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तीय साक्षरतालाई अवलम्बन गर्दै बैंकले २० फागुनमा साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

सनराइज बैंकले नेशनल बैंकिङ इन्स्टिच्युट(एनबीआई)सँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरेको हो । करिब १०० जना स्थानीय महिला, साना व्यवसायी तथा अन्य व्यक्तिहरुको सहभागीता आयोजना भएको कार्यक्रममा बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता सुरक्षित रेमिटायन्स प्रणाली, लगायतका विषयमा छलफल केन्द्रित भएको थियो ।

कार्यक्रममा बैंकका नायव महाप्रबन्धक रवीनकुमार नेपाल, नेशनल बैंकिङ इन्स्टिच्युटका विनोद अधिकारीलगायतले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

सनइज बैंकले वित्तीय साक्षरताको अभावमा असुरक्षित आर्थिक कारोबार गर्न नपरोस् भन्ने उदेश्यले देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?