+
+

दमौलीमा चार घण्टा आगलागीपछिको दृश्य

अमृत सुवेदी अमृत सुवेदी
२०७८ फागुन २२ गते १८:०४

२२ फागुन, दमौली । तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।

भूपाल हार्डवेयर, ज्योति सप्लायर्स र केही स्थानीयका घरमा पनि आगोले क्षति पुर्‍याएको छ । आगो निभाउन तनहुँकै ब्यास नगरपालिका, पोखराका दुई वटा र लमजुङबाट समेत दमकल बोलाइएको थियो । आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर पनि प्रयोग गरिएको थियो ।

आगलागीबाट भएको क्षतिको विववरण भने संकलन भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

थप तस्वीरहरू

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?