+
+

पेट्रोलियम पदार्थको कर घटाउन मोरङ व्यापार संघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १९:२३

२२ फागुन, विराटनगर । मोरङ व्यापार संघले पेट्रोलियम पदार्थमा सरकारले लिने कर घटाउन आग्रह गरेको छ । पेट्रोलियम पदार्थमा अत्यधिक मूल्यवृद्धिका कारण महङ्गी बढेको र सर्वसाधारणमा आर्थिक भार थपिएके भन्दै संघले कर घटाउन माग गरेको हो ।

विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नविन रिजालले पेट्रोलियम पदार्थमा लिइने कर घटाए थोरै भएपनि राहत हुने बताएको हो ।

युक्रेन र रसिया युद्धका कारण विश्वबजारमा कच्चा तेलको मुल्य आकाशिएको छ । महंगी अझै बढ्ने अवस्था रहेकाले सरकारले बेलैमा सकर्तकता अपनाउनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष रिजालले महंगी नियन्त्रणका लागि बजेट भाषण मार्फत भन्सार महसुल निर्धारण गर्ने परिपाटी अन्त्य गरी महङ्गी अनुसार भन्सार महशुल घटबढ हुने व्यवस्था गर्न आग्रह गरे ।

खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ जस्ता सरकारी निकायमार्फत खाद्यवस्तुको व्यवस्थित भण्डारण राख्नुपर्ने उनले बताए ।

संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले इन्धनको कर घटाए थोरै भएपनि उपभोक्तालाई राहत मिल्ने बताए ।

बैंकको व्याजका कारण पनि महंगी बढेको बताउँदै उनले संस्थागत बचतमा बैंकले दिने ब्याजदरलाई घटाउन सके उपभोक्तालाई राहत हुने बताए ।

पूर्वअध्यक्ष पवनकुमार सारडाले तेल निर्यात गर्ने मुलुक नै द्वन्द्वमा परेका कारण नेपालमा तेलको महङ्गी अझै बढ्न सक्ने बताए । उनले महगी नियन्त्रणका लागि सरकारले तयारी थाल्नुपर्ने बताए ।

पूर्व अध्यक्ष महेश जाजुले राज्यले सतर्कता नपनाए कालोबजारी बढ्ने भएकाले बेलैमा तयारी थाल्नुपर्ने बताए । बैंकले संस्थागत बचतलाई दिने ब्याजदर घटाउँदा निजी क्षेत्र हुँदै उपभोक्तालाई राहत पुग्ने उनको भनाइ छ ।

‘संस्थागत बचतकर्तालाई वचत गर्दा ११ प्रतिशतसम्म ब्याजदर दिइदैछ,’ उनले भने, ‘बचतलाई बढी व्याज दिँदा ऋण लिनेहरुलाई असर गर्छ, संस्थागत वचतमा दिइने ब्याजदर घटाउनुपर्छ ।’

उद्योगी ताराचन्द्र खेतानले महंगी नियन्त्रण गर्न राज्यले पहल नगरे जनतामाथि भार थपिने बताए । उनीहरुले बैंकले संस्थागत बचतकर्तालाई दिने महंगो ब्याजदरलाई परिमार्जन गरे निजी क्षेत्र र जनताले राहत पाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?