+
+

बेलबारी मालपोत कार्यालयमा एनएमबि बैंकको विस्तारित काउन्टर

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १२:४१

काठमाडौं । एनएमबि बैंकले मोरङको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीहरुलाई सहज होस् भन्ने उद्देश्यले विस्तारित काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

एनएमबि बैंक प्रदेश नं. १ का प्रमुख उत्सव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया, भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको उपस्थितिमा विस्तारित काउन्टरको उद्घाटन गरिएको बै‌ंकले जानकारी दिएको छ ।

कार्यक्रममा बेलबारी नगरपालिका-३ का वडाध्यक्ष योगेन्द्र सुवेदी, एनएमबि बैंकका प्रमुख व्यवसाय अधिकृत गोविन्द घिमिरे, भूमि सुधार तथा मालपोत कार्यालय विराटनगरका प्रमूख लोबहादुर भण्डारी, लेखापढी व्यवसायी एसोसिएसन बेलबारीका अध्यक्ष गोविन्द फुँयाल लगायतको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा सचिव थपलिया, महानिर्देशक घिमिरे, प्रमुख कार्यकारी अधिकृत केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सरकार र निजी क्षेत्रको सहकार्य अन्तर्गतको यो प्रक्रियामा मालपोत कार्यलयले बैंकलाई विश्वास गरी सेवा प्रदान गर्ने अवसर दिएकोमा धन्यवाद दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?