+
+

बी डिभिजन लिग : १४ खेलमै ५० गोल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते २०:००

२३ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको शहीद स्मारक बी डिभिजन लिगमा १४ खेलमै ५० गोल भएको छ ।

१४ क्लब सहभागी लिगमा सुरुको दुई चरणको खेल सकिँदा नै ५० गोलको आँकडा पुगेको हो । लिगमा अहिलेसम्म चर्च ब्वाईज युनाइटेड सर्वाधिक ७ गोल गरेको छ भने मध्यपुर युथ एसोसियसन, श्रीकुमारी क्लब तथा सामाजिक युथ क्लबले ५/५ गोल गरेका छन् ।

अहिलेसम्म लिगमा १३ खेलमा गोल हुँदा बाँसबारी क्लब र टुसाल युथ क्लबीचको खेल मात्रै गोलरहित बराबरीमा सकिएको थियो ।

चर्च ब्वाइजमा आशिष चापागाईँ ५ गोलसहित सर्वाधिक गोल गर्नेमा शीर्षस्थानमा छन् । उनले पहिलो खेलमा टुसाल युथ क्लबविरुद्ध ह्याट्रिक गरेका थिए भने खुमलटार युथ क्लब विरुद्ध २ गोल गरेका थिए ।

चर्च ब्वाईज र श्री भगवती क्लबले लगातार दुई खेल जितेका छन् । समान ६ अंक भए पनि गोलअन्तरका आधारमा चर्च ब्वाइज पहिलो स्थानमा छ ।
बी डिभिजन लिगबाट शीर्ष दुई टिम ए डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई क्लब सी डिभिजनमा घटुवा हुनेछन् ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?