+
+

१३ चैतदेखि नेपाल एयरलाइन्सले काठमाडौं–मुम्बई उडान पुनः सुरु गर्ने

सातामा तीन उडान

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १४:१८

२६ फागुन, काठमाडौं । नेपाल एयरलाइन्सले १३ चैतदेखि भारतको मुम्बईमा नियमित उडान पुनः सुरु गर्ने भएको छ ।

कोभिड-१९ महामारी सुरु भएपछि पछिल्लो दुई वर्षयता हवाई उडान बन्द रहेको यो रुटमा १३ चैतदेखि पुनः उडान सुरु गर्न लागेको नेपाल एयरलाइन्सले जनाएको छ ।

नेवानिले यो रुटमा साताको तीन वटा उडान गर्ने भएको छ । काठमाडौं–मुम्बई–काठमाडौं रुटमा बुधबार, शुक्रबार र आइतबार जहाज उड्नेछ ।

नेपाल एयरलाइन्सले अहिले नयाँ दिल्लीमा नियमित उडान गरिरहेको छ । कोरोना महामारी कम भएपछि वायुसेवा कम्पनीहरुको गुमेको बजार पुनर्स्थापित हुने क्रममा रहेको छ । निगमले नयाँ दिल्लीमा समेत दैनिक दुई जहाज उडान गर्ने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?