+
+

नेपाल रेडक्रस सोसाइटी इलाम शाखालाई सनराइज बैंकको आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १४:१९

काठमाडौं । सनराइज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम शाखाको भवन निर्माणका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

सनराइज बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले नेपाल रेडक्रस सोसाइटी इलाम शाखाका सभापति शिवप्रसाद गौतमलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

चेक रकम हस्तारण कार्यक्रममा सनराइज बैंकका प्रदेश १ का प्रमुख विवेक निरौला, इलाम शाखाका प्रमुख ज्ञानश्याम गुरुङ र बैंकका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

रेडक्रसको इलाम शाखाले रक्त सञ्चार, एम्बुलेन्स सेवा, प्राथमिक उपचार सेवा, विपतमा राहत सेवा जस्ता विभिन्न सेवाहरु दिंदै आएको छ ।

निर्माण गर्न लागेको भवन तालिमहलसहितको हुने र त्यसले समुदायमा थप सेवा दिन मद्धत पुग्ने विश्वास रेडक्रसले लिएको छ ।

बैंकले स्वास्थ्य, शिक्षा, पूर्वधार निर्माण, वातावरण संरक्षण आदि क्षेत्रमा सातै प्रदेशमा विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?