+
+

चर्कियो महँगी, माघ महिनामा ५.९७ प्रतिशत मूल्य वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १५:१५

२७ फागुन, काठमाडौं । गत माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर थप बढेको छ । पुस महिनामा ५.६५ प्रतिशत रहेको मूल्य वृद्धिदर (मुद्रास्फीति) माघमा ५.९७ प्रतिशत पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार माघ, २०७७ मा यस्तो मूल्य वृद्धिदर २.७० प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ६.०० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ५.९६ प्रतिशत थियो ।

माघ २०७७ को तुलनामा माघ २०७८ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि क्रमशः २०.६८ प्रतिशत, १४.०७ प्रतिशत र ९.३६ प्रतिशत छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र फर्निसिङ तथा घरायसी सामग्री उपसमूहको मूल्य वृद्धिदर क्रमशः १५.८७ प्रतिशत, ७.८६ प्रतिशत र ५.९२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ५.३२ प्रतिशत र हिमालमा ५.९७ प्रतिशत मूल्यवृद्धि भएको छ ।

२०७७ माघमा यी क्षेत्रहरुमा क्रमशः २.१२ प्रतिशत, २.७८ प्रतिशत, ३.३० प्रतिशत र २.०५ प्रतिशत मूल्यवृद्धि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?