+
+

सुन चाँदीका गरगहना लुटेर भाग्दै गरेका एकजना बालाजुबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १९:२४

२७ फागुन, काठमाडौ । प्रहरीले सुन चाँदीका गरगहना लुटेर भाग्दै गरेको अवस्थामा एकजनालाई बालाजुबाट पक्राउ गरेको छ ।

सूर्यगढी गाउँपालिका-२ घर भई बालुवाटार बस्‍ने २५ वर्षीय राजकुमार तामाङको साथमा रहेको सुनको गरगहना बोकेको झोला लुटेर भाग्‍दै गरेको अवस्थामा बालाजु प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

पक्राउ पर्नेको नाम खुलाइएको छैन । पक्राउ परेका उनीमाथि मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपको अनुमति लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?