+
+

बारामा कांग्रेस सभापति चयनका लागि आइतबार मतदान हुने 

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते १६:२८

२८ फागुन, काठमाडौं । नेपाली  कांग्रेसको बारा जिल्ला सभापति चयनका लागि आइतबार दोस्रो चरणको मतदान हुने भएको छ । शनिबार तय भएको मतदान एक दिन पछि सारिएको निर्वाचन समितिले जनाएको छ ।

शुक्रबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो । आइतबार विहान ८ बजेदेखि मतदान गर्ने तयारी छ ।

पहिलो चरणको मतदानमा राजेश रायले ८३३, शम्भुबहादुर बुढाथोकीले ८०९ र रामानन्द यादवले ७०९ मत ल्याएका थिए । राय र बुढाथोकी संस्थापन पक्षका हुन् भने यादव संस्थापनइतरका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?