+
+

निर्माण व्यवसायी महासंघको अध्यक्षमा ३ जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते १८:४५

२८ फागुन, काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा हालका अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र हुमनाथ कोइरालाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन कार्यक्रम अनुसार आइतबार मतदान हुनेछ । महादेव खिम्ती निर्माण सेवाका सञ्चालकसमेत रहेका वर्तमान अध्यक्ष सिंह नेपाली कांग्रेस निकट हुन् ।

वरिष्ठ उपाध्यक्ष पाण्डे कालिका कन्स्ट्रक्सनको सञ्चालक हुन् । राप्रपा उपाध्यक्ष बिक्रम पाण्डेका छोरा उनले अघिल्लो कार्यकालमा नै अध्यक्षमा दावी गरेका थिए । तर अध्यक्ष सिंहले अर्को कार्यकालमा सहयोग गर्ने वचत दिएर वरिष्ठ उपाध्यक्षमा समर्थन गरेका थिए ।

बिकोइ बिल्डर्सका सञ्चालक कोइराला कांग्रेस निकट लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?