+
+

सनराइज बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १२:१९

काठमाडौं । फाल्गुन २६, २०७८ ।सन्राइज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको भवन निर्माण गर्न रु दुई लाख सहयोग गरेको छ । एक कार्यक्रमको बिच भएको चेक हस्तान्तरण कार्यक्रममा सन्राइज बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले, नेपाल रेडक्रस सोसाइटी ईलाम जिल्ला शाखाका सभापति शिव प्रसाद गौतम ज्यूलाई रु दुई लाखको चेक हस्तान्तरण गरे ।

रकम हस्तारण कार्यक्रममासन्राइज बैंकका प्रदेश नं १ का प्रमुख विवेक निरौला, इलाम शाखाका प्रमुख ज्ञान श्याम गुरुङ्ग र बैंकका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

ईलाम जिल्लामा उक्त रेडक्रसले रक्त सञ्चार, एम्बुलेन्स सेवा, प्राथमिक उपचार सेवा, विपतमा राहत सेवा जस्ता विभिन्न सेवाहरु दिदै आएको छ । निर्माण गर्न लागेको भवन तालिमहल सहितको हुने र त्यसले समुदायमा थप सेवा दिन मदत गर्ने सोसाइटीले जनाएको छ । बैंकले स्वास्थ्य, शिक्षा, पूर्वधार निर्माण, वातावरण संरक्षण आदि क्षेत्रमा सातै प्रदेशमा विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको छ ।

हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?