+
+

युक्रेनको सैन्य तालिम केन्द्रमा क्षेप्यास्त्र प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १४:२१

२९ फागुन, काठमाडौं। पश्चिमी युक्रेनस्थित एक सैन्‍य तालिम केन्द्रमा क्षेप्यास्त्र हमला भएको छ ।

युक्रेनले पोल्याण्डसँग सीमाना जोडिएको याभोरिभ शहरमा अवस्थित सैन्य तालिम केन्द्रमा आठ वटा क्षेप्यास्त्र प्रहार गरेको बताएको हो ।

युक्रेनी अधिकारीका अनुसार अन्तर्राष्ट्रिय शान्ति स्थापना तथा सुरक्षा केन्द्रमा रुसले क्षेप्यास्त्र प्रहार गरेको हो ।

लभिभ शहरमा रहेको क्षेत्रीय सैनिक प्रशासनले जारी गरेको विज्ञप्तिमा रुसले क्षेप्यास्त्र हमला गरेको र त्यसबाट भएको क्षतिको विवरण पछि उपलब्ध गराइने उल्लेख छ ।

‘अतिक्रमणकारीहरूले इन्टरनेशनल सेन्टर फर पिसकिपिङ एण्ड सेक्युरिटीमाथि हवाई हमला गरेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक विवरण अनुसार उनीहरूले आठ वटा क्षेप्यास्त्र प्रहार गरेका छन् ।’ अलजजिराबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?