+
+

जसपाको केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १४:०८

२९ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

काठमाडौंमा आजबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागिता कसरी हुन्छ भन्ने बारेमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए ।

उनले बैठकमा स्थानीय निर्वाचन निर्देशिका प्रस्तुत गरिने र त्यसलाई छलफल गरेर पारित गर्ने बताए । प्रचार विभाग प्रमुख खतिवडाले बैठकमा पार्टीका आन्तरिक संगठनात्मक कुराहरुको बारेमा पनि छलफल हुने बताए ।

प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘आजको बैठकमा केही स्पेसीफिक एजेण्डाहरुमा आधारित भएर छलफल गर्नेछौँ । यो बैठक भोलिसम्म चल्नेछ । यसका मुख्य ४ वटा एजेण्डाहरु छन् । पहिलो एजेण्डा भनेको आसन्न स्थानीय निर्वाचनमा पार्टीले कसरी भाग लिन्छ भन्ने बारेमा स्थानीय निर्वाचन निर्देशिका हलमा प्रस्तुत भइरहेको छ ।’

उनका अनुसार नवराज सुवेदीले त्यो प्रस्तुत गरिरहेका छन् ।  उनले भने, ‘ यसलाई हामी छलफल गरेर पारित गर्नेछौँ । दोस्रो एजेण्डा भनेको हाम्रो पार्टीको आन्तरिक संगठनात्मक जीवनसँग सम्बन्धित केही संगठनात्मक प्रस्तावहरु हुनेछन् । तेस्रो भनेको देशको राजनीतिक, समसामयिक परिस्थितिबारे हामी एउटा प्रश्ताव पारित गर्नेछौँ ।’

दुई दिनसम्म चल्ने केन्द्रिय समितिको बैठकमा देशको राजनीतिक र समसामयिक विषयमा पनि छलफल हुने प्रचार विभाग प्रमुख खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?