+
+

यार्सागुम्बा खोजीको विषयमा ‘हाम्रो स्वर्ग’ बन्ने, निर्देशकमा शोभित बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते ११:५४

३० फागुन, काठमाडौं । हिमाली जडिबुटी यार्सागुम्बा खोजीको विषयमा फिल्म ‘हाम्रो स्वर्ग’ बन्ने भएको छ । एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने फिल्मको निर्देशन शोभित बस्नेतले गर्ने भएका छन् ।

कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको फिल्मको छायांकन चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

अनलाइनखबरसँग कुरा गर्दै निर्देशक बस्नेतले कलाकारको खोजी अन्तिम चरणमा पुगेको बताए । ‘हाइ अल्टिच्युड’मा घण्टौं हिंड्नुपर्ने भएकाले फिल्ममा स्थानीय कलाकारलाई प्राथमिकता दिइने उनले बताए । बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्न स्थानीयले गर्नुपर्ने संघर्ष र जीवनका उतारचढावलाई फिल्ममा चित्रण गरिने निर्देशक बस्नेतले जानकारी दिए ।

खस भाषा बोल्नुपर्ने भएकाले पनि स्थानीय कलाकारलाई समेटिने उनको भनाइ छ । कर्णालीका सबै जिल्लामा छायांकन गरिने फिल्मले त्यहाँको भेषभूषा र आञ्चलिकतालाई चित्रण गर्ने निर्देशकले बताए ।

‘कर्णालीका सबै जिल्लामा सुटिङ गर्दा त्यहाँको पर्यटन विकास हुने निर्माताहरुको आशा छ,’ शोभितले भने ।

तर शोभितको फिल्ममा सलोन बस्नेत चाहिं हुने छैनन् । दिवाकर भट्टराईको आगामी फिल्म ‘हनीबनी’को छायांकनका लागि लण्डन जानुपर्ने भएकाले सलोन आफ्नै बुवाको नयाँ प्रोजेक्टमा देखिने छैनन् ।

शान्ता शर्माको लगानी रहने यो फिल्ममा नवदत्त न्यौपानेको संगीत र रामकृष्ण बुड्थापाको कथा रहनेछ भने रामजी राउत मुख्य सहायक निर्देशकको रुपमा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?