+
+

फेसन डिजाइनर प्रबल गुरुङलाई एलन मस्ककी आमाको साथ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १६:१६

३० फागुन, काठमाडौं । विश्व चर्चित नेपाली मूलका फेसन डिजाइनर प्रबल गुरुङ आफ्नो सिर्जनाका कारण चर्चामा रहन्छन् । यसैसाता सम्पन्न न्युयोर्क फेसन विकमा गुरुङले आगामी फल-विन्टर सिजनका लागि पहिरन सार्वजनिक गरे ।

न्युयोर्क फेसन विकको अर्को मुख्य आकर्षण भनेको ‘पहिलो लहर’मा कसले भाग लिन्छ भन्ने पनि हो । संसारका चर्चित सेलिब्रेटीले आफूलाई मनपर्ने फेसन डिजाइनरको पहिलो रोमा रहेर त्यसलाई इन्डोर्स गर्छन् ।

न्युयोर्क फेसन विकका अघिल्ला संस्करणमा गुरुङको प्रस्तुतिमा हलिउड अभिनेत्रीहरु, राजनीतिज्ञ र सुपरमोडलले पहिलो लहरमा बसेर साथ दिएका थिए । यस्तोमा विश्व मिडियाको ध्यान पनि ‘फ्रन्ट-रो’मा कसले सहभागिता जनाउँछ भन्ने हो ।

यो संस्करणमा सुपरमोडल तथा अन्तर्राष्ट्रिय बेस्ट-सेलर लेखिका एवं विश्वकै सर्वाधिक धनी एलन मस्ककी आमा माए मस्कले गुरुङको फ्रन्ट रोमा रहेर साथ दिएकी छन् । प्रबलले इन्स्टाग्राममार्फत आफ्नो विन्टर-फल डिजाइन लगाएर माए सजिएको तस्वीर सेयर गरेका छन् ।

माए मस्कले गुरुङको फल-विन्टर २०२२ को कलेक्सनमा राखिएको क्रिप ब्लेजर पहिरिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?