+
+

हुण्डाई खुला गल्फ शनिबार हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १६:४७

३० फागुन, काठमाडौं । हुण्डाई खुला गल्फ प्रतियोगिताको १०औं संस्करण आगामी शनिबार गोकर्ण गल्फ रिसोर्टमा हुने भएको छ ।

हुन्डाई गाडीको नेपालमा अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले कर्पोरेट स्तरबाट आयोजना गरी छुट्टै पहिचान बनाउन सफल प्रतियोगिता

१८ होलमा स्टेबल फोल्ड फर्म्याट र ३/४ ह्याण्डीक्यापमा खेलाइने जानकारी दिएको हो ।

प्रतियोगितामा १३० गल्फरको सहभागिता रहने अनुमान गरिएको छ । धेरै प्रतिस्पर्धी भएमा शुक्रबारदेखि नै प्रतियोगिता सुरु गरिने गोकर्ण गल्फ कोर्सका निर्देशक दीपक आचार्यले जानकारी दिए ।

प्रतियोगिताको आकर्षणको रुपमा रहेको ‘होल इन वान’को विजेतालाई हुण्डाईको भेन्यू कार पुरस्कार दिइनेछ । १० नम्बर होलमा होल इन वान गर्नेले ४० लाख मूल्य बराबरको कार पाउने आयोजकले जानकारी दियो । अन्य होलमा सम्भव भए पनि निर्धारित होलमा अहिलेसम्म होल इन वान हुन सकेको छैन ।

यसैगरी बेस्ट ग्रस, महिला विजेता, लंगेस्ट ड्राइभ, क्लोजेस्ट टू पिन, मोस्ट बर्डिज, सिनियर विजेता (६० वर्षमाथि), जुनियर विजेता (१७ वर्षमूनि) र हुन्डाई ओनर्स विजेताले पनि पुरस्कार पाउने आयोजकले जनाएको छ ।

हुण्डाई वनर्स अन्तगर्तत हुण्डाई कार चलाएर गोकर्ण कोर्समा पुगेर साँचो देखाउनेलाई मान्यता दिइनेछ । उनीहरुले मुख्य स्पर्धामा पनि सहभागिता जनाउन पाउनेछन् ।

हुण्डाईका मार्केटिङ म्यानेजर सन्दीप शर्माले लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले खेलकुदमा लामो समयदेखि गरेको योगदानको स्मरण गर्दै यसलाई जारी राख्ने रणनीति भएको बताए । प्रालिले ए डिभिजन लिगको पूर्व च्याम्पियन मनाङ मस्र्याङ्दी र नेपाल सुपर लिग (एनएसएल) टोली पोखरा थन्डर्सलाई प्रयोजन गरिरहेको छ ।

प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्नेलाई गिफ्ट ह्याम्पर पुरस्कार दिइनेछ । उपाधि विजेतालाई १ हजार डलरबराबरको पुरस्कार दिइनेछ । पुरस्कार गल्फसँग सम्बन्धित सामाग्री हुने आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?