+
+

जसपामा तीन नेता सम्मिलित मुख्यालय गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १७:३०

३० फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले ३ सदस्यीय पार्टी मुख्यालय गठन गरेको छ ।

काठमाडौंमा सोमबार सम्पन्न उक्त पार्टीको केन्द्रीय समितिको बैठकले संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहेको पार्टी मुख्यालय गठन गरेको कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिए ।

नेता श्रेष्ठका अनुसार मुख्यालय समितिले गरेको निर्णयलाई केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था राखिएको छ । त्यस्तै जसपाले १ र २ असारमा काठमाडौंमा विधान अधिवेशन  गर्ने निर्णय गरेको छ । बैठकले स्थानीय तह निर्वाचन निर्देशिका पारित गर्नुका साथै केन्द्रीय सदस्यहरूको निर्वाचन केन्द्रित कार्यविभाजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?