+
+

बेन्जेमा चम्कंदा रियल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १०:१५

१ चैत काठमाडौं । करिम बेन्जेमाले उत्कृष्ट प्रदर्शन कायम राख्दै दुई गोल गरेपछि शीर्ष स्थानको रियल मड्रिडले स्पानिस ला लिगामा मालोर्कालाई ३-० ले पराजित गरेको छ ।

सोमबार राति भएको खेलमा रियललाई सहज जित दिलाउन बेन्जेमाले दुई गोल गर्नुका साथै एक गोलका लागि असिस्ट गरे ।

पहिलो हाफको खेल बराबरीमा सकिए पनि बेन्जेमाको पासमा भिनिसियस जुनियरले ५५औं मिनेटमा रियलका लागि पहिलो गोल गरे ।

त्यसपछि बेन्जेमाले ७७औं मिनेटमा पेनाल्टीबाट गोल गरे भने ८२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

जितपछि लिग लिडर रियलले २८ खेलबाट ६६ अंक जोडेको छ र दोस्रो स्थानको सेभियामाथि १० अंकको अग्रता बनाएको छ । समान खेलबाट सेभियाको ५६ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?