+
+

कालोबजारीलाई सरकारकै संरक्षण : उपभोक्ता अधिकारकर्मी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १४:३५

१ चेत, काठमाडौं । उपभोक्ता अधिकारकर्मीहरुले सरकारकाे कमजोर उपस्थितिका कारण जनता हरेक दिन बजारमा लुटिने वातावरण बनेको आराेप लगाएका छन् ।

विश्व उपभोक्ता दिवसकाे अवसरमा मंगलबार आयाेजित कार्यक्रममा बाेल्दै उनीहरुले महँगीले जर्जर बनेको बजार नियमनमा सरकारी उपस्थिति शून्य भएको बताएका छन् । उनीहरुले कालोबजारीलाई सरकारकै संरक्षण रहेको आरोप समेत लगाए ।

उपभोक्ता अधिकारकर्मी विमला खनालले बजार बजार जस्तो नभएको भन्दै उपभोक्ताकाे उठिबास लाग्ने अवस्था बनेकाे बताइन् ।  ‘हामी उपभोक्ता अधिकार दिवस मनाइरहेका छाैं । मूल्य, गुणस्तर र नापतौल उपभोक्ता ठगिएका छन्,’ खनालले भनिन्, ‘पेट्रोल, डिजेल, दूध र खाद्यान्नमा ठूलो मूल्य वृद्धि छ । उपभोक्ता हितका लागि सबै निकाय गैर जिम्मेवार छन् ।’

उपभोक्ताकाे मुद्दा ओझेलमा पार्न सरकार नै लागेकाे अधिकारकर्मी अप्सरा काेइरालाले आरोप लगाइन् ।  सरकारलाई आफूहरुले निरन्तर खबरदरी गर्ने उनकाे भनाइ छ ।

अधिकारकर्मी प्रेमलाल महर्जनले बजारमा उपभोक्ता शाेषित भएको बताए । बजार हस्तक्षेप र जनताकाे संरक्षणका लागि  सरकारले काम नगरेको भन्दै उनले  सरकार निकम्मा भएको बताए । उनले आपूर्ति सचिव नै निरंकुश र उपभोक्ता मैत्री नभएको बताए ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले जनता हरेक दिन बजारबाट घर फर्किंदा लुटिएकाे महसुस गर्ने बताए ।  नियमक निकाय वाणिज्य मन्त्रालय लामाे समयदेखि नेतृत्वविहीन रहँदा उपभोक्ता परिषद्काे बैठक नै बस्न नसकेकाे भन्दै उनले नीतिगत काम  सरकारकै कारण अल्झिएकाे बताए ।

अर्का अधिकारकर्मी ज्याेति बानियाँले उपभोक्ता हितका लागि केन्द्रीय सरकारी नेतृत्वले स्थानीय र प्रदेशलाई उत्तरदायी बनाउन माग गरे ।

उपभोक्ता अधिकारकाे नाममा व्यवसायीकाे हुर्मत लिने काम भयो : श्रेष्ठ 

कार्यक्रममा नेपाल उद्याेग वाणिज्य महासंघका प्रतिनिधि दुर्गाराज श्रेष्ठले उपभोक्ता अधिकारकाे नाममा व्यवसायीकाे हुर्मत लिने काम भएको बताए । केही गलत व्यवसायीलाई देखाएर ९९ प्रतिशतमाथि गलत आक्षेत लगाएको उनको भनाइ थियो । आफूहरु पनि कुनै न कुनै वस्तुको उपभोक्ता भएको भन्दै उनले तर्साउने र डण्डा लगाउने भन्दा पनि सचेतना फैलाउन आवश्यक रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका देवेन्द्र भक्त श्रेष्ठले बजारकाे मूल्य वृद्धिमा व्यवसायी मात्रै कारण नभएको बताए । आपूर्ति अवस्था र अन्तर्रास्ट्रिय मूल्यबारे जानकार हुन उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?