+
+

पोखरा विमानस्थलमा चिनियाँ ऋण लगानीको पारदर्शीतामा गृहमन्त्रीले उठाए प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १६:४०

१ चैत, काठमाडौं । चिनियाँ सरकारको ऋण लगानीमा निर्माणको अन्तिम चरणमा रहेको पोखरा क्षेत्रीय विमानस्थलको लागतप्रति गृहमन्त्री बालकृष्ण खाँणले प्रश्न गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भैरहवा विमानस्थल भन्दा पोखरा विमानस्थलको लागत चर्को भएको बताए ।

‘भैरहवा विमानस्थल भन्दा सानो भएर पनि त्यो विमानस्थलको लागत किन महँगो ?’ गृहमन्त्री खाँणले प्रश्न गरे, ‘गृहमन्त्री भएकै कारण सार्वजनिक फोरमबाट उक्त विमानस्थलको नाम र लगानी गर्ने देशको नाम भने लिन्न ।’

मुलुकको विकास आयोजनामा हुने लगानीबारे बहस हुनुपर्ने भन्दै गृहमन्त्री खाँणले भैरहवा र पोखरामा कम पूर्वाधारमा धेरै लगानी भएको बताए ।

‘नेपाल सरकार र एशियाली विकास बैंकको लगानीमा भैरहवा विमानस्थलको मूल्य तीन हजार मिटर धावन मार्गको मुआब्जाबाहेक लागत ७ अर्ब, तर जुन विमानस्थलको धावनमार्ग २५ सय मिटर मात्रै छ। त्यसको लागत २१ अर्ब किन ?’ गृहमन्त्री खाँणको प्रश्न थियो ।

पोखरा विमानस्थलको नाम नलिई उनले विमानस्थल निर्माणमा पनि आफ्नै ठेकदार मात्रै रहन पाउने प्रावधान राखिनुमा अचम्म लागेको उनले बताए । घुमाउरो भाषामा चिनियाँ लगानी भन्दा एमसीसी निकै राम्रो र देश हितको आयोजना भएको खाँणको संकेत थियो ।

पोखरा विमानस्थल ईपीसी निर्माण मोडलमा सम्झौता भएको विमानस्थल हो । जहाँ समय भेरिएसन हुँदा पनि लागत भने बढ्दैन । तर, भैरहवा विमानस्थल भने समय र लागत दुवै बढ्ने सक्ने मोडलमा अगाडि बढेको आयोजना हो । मुआब्जासहित भैरहवा विमानस्थलमा कुल ३३ अर्ब भन्दा बढी लागत लागेको सन्दर्भ भने गृहमन्त्री खाँणले उठाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?