+
+

सनराइज बैंकका ग्राहकलाई स्वास्थ्य योजनामा थप सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १८:१७

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य योजनामा सुविधा थप गरेको छ ।

१ चैत २०७४ देखि सनराइज बैंकले आफ्ना सबै बचत खातामा स्वास्थ्य योजना दिंदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिन बैंकले जनाएको छ ।

सनराइज बैंकमा बचत गर्दा ग्राहकहरुले बचत र ब्याज मात्र हैन, बचतकर्ताको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्च समेत पाउन सक्नेछन् ।

बैंकले स्वास्थ्य बीमा अन्तर्गत अस्पताल भर्ना र ओपीडी खर्च गरी १ लाख रुपैयाँसम्मको बीमा दिएको छ । उक्त बीमा रकम वर्षमा तीन पटकसम्म गरी दाबी गर्न सकिनेछ । साथै ५ लाख रुपैयाँसम्म दुर्घटना बीमा पनि दिइएको छ ।

पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा गरिएको उपचारमा मात्र बीमा दिंदै आएकोमा यस वर्षदेखि नेपाल लगायत भारतका ७० वटा अस्पतालका साथै सिंगापुर र थाइल्याण्डका अस्पतालमा उपचार गराउँदाको खर्च समेत स्वास्थ्य योजना अन्र्तगत दाबी गर्न सकिनेछ । साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिने भएको छ ।

महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग आदि सहितका १८ घातक रोगहरु यसले समेट्ने छ । साथै महिलाहरुलाई प्रसूति खर्च स्वरुप १० हजार रुपैयाँसम्म दिइने बैंकले जनाएको छ । उक्त प्रसूति खर्च भने सरकारी तथा अर्ध सरकारी अस्पतालमा प्रसूति गराउँदा लिन सकिने छ ।

ग्राहकहरुलाई सधै प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरुको बचत मात्र नभई उनीहरुको स्वास्थ्यमा पनि साथ दिएको र यसले हालसम्म हजारौं ग्राहकहरु लाभान्वित भइसकेको बैंकको भनाइ छ । हाल उपलब्ध सबै खाले बचत खातामा यो सुविधा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?