+
+
नेपालविरुद्ध पीएनजी :

६ महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै नेपाल

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ चैत १ गते १९:४०

१ चैत, काठमाडौं । नेपाली क्रिकेट टिमले गएको एक महिना ८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्यो । तर निर्णायक खेलमा चुक्दा नेपाली टोली आठ वर्षपछि टी-२० विश्वकपमा छनोट हुन सकेन ।

नेपाललाई नै हराएर टी-२० विश्वकपको टिकट काटेको युएई्समेत सहभागी त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपालले बुधबार पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ । पीएनजीले श्रृंखलाको पहिलो खेलमा मंगलबार यूएईसँग ७ विकेटको पराजय व्यहोरेको छ ।

ट विश्वकप लिग टूमा पिएनजीसँगको खेलबाटै नेपालले ६ महिनापछि एकदिवसीय क्रिकेटमा पुनरागमन गर्दैछ । लगातार टी–२० क्रिकेट खेलिरहेको नेपाली टोली श्रीलंकामा चार अभ्यास खेल खेलेर सोमबार युएई पुगेको हो । श्रीलंकामा नेपाली टोलीले प्रथम श्रेणीको टोलीसँग खेलेर एकदिवसीय क्रिकेटमा अभ्यस्त हुने प्रयास गरेको थियो ।

नेपाल र पीएनजीबिचको खेल युएईको शारजहाँमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । श्रृंखलामा तीन टोलीले आपसमा दुई–दुई खेल खेल्नेछन् ।

लिग टू को श्रृंखला सुरु हुनु अघि नेपालले पीएनजीसँगै एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला पनि खेलेको थियो । जहाँ नेपाल दुवै खेलमा विजयी भएको थियो ।

नेपाल र पीएनजी अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा जम्मा दुई खेलमा भेट भएको छ । दुवै खेल नेपालले जितेको छ । श्रृंखलाको पहिलो खेल २ विकेटले जितेको नेपाल दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो अन्तरले विजयी भएको थियो ।

सन् २०२१ को सेप्टेम्बरदेखि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छैन । सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको प्रारम्भिक छनोट प्रक्रियासमेत रहेको विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालको तेस्रो श्रृंखला अहिले भइरहेको हो ।

एकदिवसीय मान्यताप्राप्त ७ वटा एसोसियट टोलीबीच तीन वर्ष लामो सिरिजका रुपमा सन् २०१९ देखि विश्वकप लिग टू सुरु भएको हो । जहाँ एउटा टोलीले नौ वटा श्रृंखला खेल्नेछ । हरेक टिमले एउटा श्रृंखलामा चारवटा खेल खेल्नेछन् ।

पालको यो तेस्रो श्रृंखला हो । नेपालले यसअघि सन् २०२० को फेब्रुअरीमा अमेरिका र ओमानसँग पहिलो श्रृंखला त्रिवि मैदानमा खेलेको थियो । जहाँ अमेरिकासँगका दुवै खेल जितेको नेपाल ओमानसँगका दुवै खेलमा पराजित भएको थियो ।

सेप्टेम्बर २०२१ मा यी तीन टोलीबीच दोस्रो श्रृंखला ओमानमा भएको थियो । त्यहाँ पनि नेपालले ओमान र अमेरिकालाई एक एक खेलमा पराजित गरेको थियो । त्यसपछि नेपालले पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।

लिग टूमा नेपाल ८ खेलबाट ८ अंकसहित अंकतालिकाको छैटौं स्थानमा छ । १३ खेल खेलेको पपुवा न्युगिनीले अहिलेसम्म जित निकाल्न सकेको छैन । १५ खेलबाट ८ जितसहित १८ अंक जोडेको युएई दोस्रो स्थानमा छ ।

लिग टू को समाप्तीपछि शीर्ष तीनमा रहने टिम एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायर पुग्नेछन् । जहाँ १३ राष्ट्रबीच सञ्चालित सुपर लिगको पुछारका ५ टिम पनि हुनेछन् ।

यस्तै लिग टूको पुछारका ४ टिमले लिग च्यालेन्जको शीर्ष २ टिमसँग प्लेअफ खेल्नेछ । त्यसबाट पनि २ टिम ग्लोबल क्वालिफायर पुग्नेछ । ग्लोबल क्वालिफायरमा कूल १० टिमबीच प्रतिस्पर्धा हुनेछ । त्यसबाट शीर्ष २ टोली सन् २०२३ को एकदिवसीय विश्वकपमा छानिनेछ ।

एकदिवसीय विश्वकप छनोटका आधारका साथै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको निर्धारित पनि लिग टू कै श्रृंखलाहरुबाट हुने भएकोले नेपालका लागि लिगको हरेक खेल उति नै महत्वपूर्ण छ ।

नेपाल भर्सेस पीएनजी हेड टू हेड

जम्मा खेल : २
नेपाल विजयी : २

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?