+
+

डीआईजी पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १९:५८

१ चैत, काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीहरु वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

अब मन्त्रिपरिषद् बैठकले एकसाताभित्र उनीहरुलाई बढुवा गरे धानुक र सिंह पनि एआईजी विश्वराज पोखरेल र सहकुल थापासँगै आईजीपीको दौडमा सहभागी हुनेछन् ।

पन्त भने हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याची हुन् र उनीसँगै अवकाश पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?