+
+

काठमाडौंको बिजेश्वरीमा मोटरसाइकलसँग ठोक्किंदा स्कुटर चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १२:१०

२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका-१५ बिजेश्वरीमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान बा. ८५ प ५०६० नम्बरको मोटरसाइकलसँग ठोक्किंदा बा. ४९ प ६१२३ नम्बरको स्कुटर चालक धादिङको ज्वालामुखी गाउँपालिका–४ घर भई हाल नागार्जुन नगरपालिका–१ रानीवन बस्ने ३५ वर्षीय हरी दुवाडीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?