+
+

युद्ध लम्बिए युक्रेनका ९० प्रतिशत मानिस गरिबीमा पर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १७:०९

२ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले युक्रेनमा युद्ध लम्बिँदै गए त्यहाँका ९० प्रतिशत मानिस गरिबीको मारमा पर्ने चेतावनी दिएको छ ।

बुधबार यूएनडीपीका प्रमुख अचिम स्टेइनरले अर्को वर्षसम्म युद्ध लम्बिए युक्रेनका ९० प्रतिशत मानिस गरिबी एवं चरम आर्थिक जोखिमको चपेटामा पर्ने बताएका हुन् ।

यूएनडीपीले युक्रेनको अर्थतन्त्र धरासायी बनी खराब अवस्था नआओस् भनेर त्यहाँको सरकारसँग सहकार्य गरिरहेको पनि उनको भनाइ थियो ।

‘यदि युद्ध लम्बिँदै गयो र रोकिएन भने गरिबीको दर ह्वात्तै बढ्ने छ’, स्टेइनरलाई उदृत गर्दै रोइटर्सले लेखेको छ, ‘पूरै अर्थतन्त्र ध्वस्त भई खराब अवस्था आउन सक्छ । फलस्वरुप, ९० प्रतिशत मानिस गरिबीको रेखामुनि वा गरिबीको उच्च जोखिममा पर्न सक्छन् ।’

युद्ध लम्बिँदै गए युक्रेनले २ दशकमा गरेको आर्थिक उन्नति पूरै अस्तव्यस्त हुने पनि स्टेइनरको भनाइ छ । उनले भने, ‘एक-डेढ वर्षभित्रै १८ वर्षमा युक्रेनले गरेको आर्थिक उन्नति पूरै अस्तव्यस्त हुने हाम्रो अनुमान छ ।’

गत बिहीबार युक्रेनी सरकारका आर्थिक सल्लाहकार ओलेग उस्तेन्‍कोले रुसी हमलाका कारण झण्डै एक खर्ब डलर बराबरको पूर्वाधार ध्वस्त र ५० प्रतिशत व्यवसाय बन्द भएको बताएका थिए ।

रुसी हमलाका कारण यो वर्ष युक्रेनको अर्थतन्त्रमा १० प्रतिशतले संकुचन आउने अन्तर्राष्ट्रिय मुद्रा कोषले बताइसकेको छ । कोषका अनुसार युद्ध जारी रहे त्यहाँको आर्थिक अवस्था झन् खराब हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?