+
+

कर छलीको आरोपमा सौगात इन्टरनेशनलका सञ्चालकसहित तीन जनाविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १९:०५

२ चैत, काठमाडौं । नक्कली भ्याट बिल जारी गरेर कर छली गरेको आरोपमा राजश्व अनुसन्धान विभागले सौगात इन्टरनेशनलका सञ्चालकसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले सौगात इन्टरनेशनलका सञ्चालकद्वय दिपककुमार देउजा र मोहनप्रसाद भट्टराई एवं लेखापरीक्षक सुनिलमान शाक्यविरुद्ध मुद्दा दायर गरेको  हो ।

विभागले फर्मका सञ्चालकद्वय देउजा र भट्टराईसँग कुल १६ करोड ४३ लाख ४५ हजार रुपैयाँ असुल उपर गर्न माग दाबी गरेको छ भने लेखापरीक्षक शाक्यलाई मतियारको रुपमा मुद्दा चलाइएको छ ।

उक्त फर्मले नियम बमोजिम कर नतिरी राजस्व चुहावट गरेको विभागको आरोप छ । फर्मले भ्याटतर्फ २ करोड ५२ लाख ५४ हजार, आयकर तर्फ ५ करोड ६९ हजार ५८ हजार गरी कुल ८ करोड २१ लाख २१ हजार ६४१ रुपैयाँ राजस्व चुहावट गरेको विभागको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?