+
+

भक्तपुरमा कारले पैदलयात्रीलाई ठक्कर दियो, अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते ९:५२

३ चैत, काठमाडौं । भक्तपुरको आदर्श चोक नजिकै कारको ठक्करबाट एकजना पैदलयात्री गम्भीर घाइते भएका छन् ।

सल्लाघारीबाट जगाती तर्फ जाँदै गरेको बा १५च ४८३२ नम्बरको कारले गएराति १ बजेतिर ठक्कर दिंदा भक्तपुरको सूर्यविनायक नगरपालिका–८ का ४५ वर्षीय राजेश लिबी घाइते भएका हुन् ।

उनको सल्लाघारीस्थित डा. ईवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

कार चालकलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?