+
+

टिचिङ लाइसेन्सको परीक्षामा अब वस्तुगत प्रश्नमात्रै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते ९:५०

४ चैत, काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुपति पत्र (टिचिङ लाइसेन्स)को परीक्षाको पाठ्यक्रम परिमार्जन गरी वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय गरेको छ । यो निर्णय यही चैत २ गतेदेखि नै यो लागु भएको आयोगले जनाएको छ ।

आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्नहरु सोध्ने गर्दथ्यो । अबदेखि प्रतिप्रश्न दुई अंकको दरले ५० वटा वस्तुगत प्रश्न सोधिने छ । यसअनुसार परीक्षा १०० पूर्णाङ्कको हुने छ । पास हुन ५० नम्बर ल्याउनुपर्छ ।

शिक्षक सेवा आयोगका उपसचिव एवम् सूचना अधिकारी सुदर्शन मरहठ्ठाले मावि र निमावि तहको टिचिङ लाइसेन्स परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय भएको जानकारी दिए । ‘पहिलेको परीक्षा बोझिलो भएकाले सरलीकृत गर्नुपर्छ भन्ने उद्देश्य अनुसार यो निर्णय आयोगले गरेको हो,’ मरहठ्ठाले अनलाइनखबरसँग भने ।

‘गत एक वर्ष हामीले अध्यापन अनुमति पत्रको लागि विषयगत गरेका थियौं । त्यो अलि बोझिलो पनि भयो । त्यो त्यति व्यवहारिक पनि भएन भनेर हामीलाई धेरै ठाउँबाट सुझाव पनि आयो,’ उनले भने ।

शिक्षक सेवा आयोगले २०६१ सालदेखि टिचिङ लाइसेन्सको परीक्षा लिन थालेको हो । विगतमा प्रावि तहको पनि टिचिङ लाइसेन्स परीक्षाको व्यवस्था थियो ।

निमावि र मावि तहको परीक्षाको पाठ्यक्रम परिमार्जन गर्दा आयोगले प्राविबारे भने निर्णय गरेको छैन । त्यसको कारणबारे आयोगका सूचना अधिकारी मरहठ्ठाले भने, ‘निमावि र प्राविको शैक्षिक योग्यता एउटै छ । त्यसैले अहिलेलाई प्राविको लागि भनेर निर्णय भएन ।’

माविको विशिष्टीकरण तालिका
निमाविको विशिष्टीकरण तालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?