+
+

अकेशा र शिल्पाको ‘लाइफ इन एलए’ जेठ ६ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते ११:५१

४ चैत, काठमाडौं । नेपाली युवाको अमेरिकी सपनालाई लिएर निर्माण भएको फिल्म ‘लाइफ इन एलए’को रिलिज मिति फेरि सरेको छ । वैशाख ९ गतेदेखि प्रदर्शन हुने भनिएको यो फिल्म अब एक महिना पछाडि धकेलिएको छ । सार्वजनिक गरिएको नयाँ पोस्टरअनुसार अब यो फिल्म जेठ ६ गते प्रदर्शन हुनेछ ।

फिल्मले हलिउड सहर लस एन्जलसमा बसोबास गर्ने नेपाली समुदायको संघर्ष र जीवनमा आधारित कथा चित्रण गर्छ ।

सूर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्ममा ब्यास बिस्सु, अकेशा बिष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ ।

दीपक वली एसोसियट निर्देशक रहेको यस फिल्ममा एलिस कार्की र प्रतीक पौडेलको संगीत रहेको छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्मातामा संसार सुवेदी छन् भने अमेरिकाका लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?