+
+

रसुवागढी नाकाबाट भित्रिने कन्टेनरको संख्या १४ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १३:१७
रसुवागढी नाका/फाइल तस्वीर

४ चैत, काठमाडौं । रसुवागढी नाकाबाट मालवस्तु आयात गर्ने कन्टेनरको संख्या वृद्धि भएको छ । रसुवा भन्सार कार्यालयका अनुसार बुधबारदेखि चिनतर्फबाट दैनिक मालवस्तु आयात गर्ने कन्टेनरको संख्या १४ पुगेको छ । यसअघि सो नाका भएर दैनिक ९ कन्टेनर सामान भित्रिने गरेको थियो ।

प्रत्येक दिन बिहान ७ देखि साँझको ७ बजेसम्म ती कन्टेनरहरु चाँजपास भइरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले जानकारी दिए । अहिले दैनिक रुपमा रेडिमेड कपडा, स्याउ, लसुन र जलविद्युत् आयोजनका सामानहरु नाकाबाट भित्रीरहेको उनको भनाइ छ । चिनियाँ नयाँ वर्ष र बाक्लो हिमपातका कारण गत महिना नाका ठप्प जस्तै थियो ।

मौसम खुलेसँगै रसुवागढी नाकाबाट हुने आयातमा वृद्धि भए पनि चीनतर्फको अर्को ठूलो तातोपानी नाका भने झण्डै दुई वर्षदेखि कोरोबारविहीन जस्तै भएको छ । अहिले नाकाबाट दैनिक ७ वटा कन्टेनरहरु भित्रिने गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

तातोपानी नाकाका प्रमुख भन्सार अधिकृत नारद गौतमले भने, ‘नाका सञ्चालनमा छ, तर कारोबार बढेको छैन ।’  नाकाको आयात परिमाण बढाउन सरकारले सबै खाले प्रयास गरिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?