+
+

आइफोन एसइसँग प्रतिस्पर्धा गर्न सामसुङले ल्यायो सस्तो फाइभ जी स्मार्टफोन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १३:५५
एप्पलको आइफोन एसइ फाइभ जी स्मार्टफोन

४ चैत, काठमाडौं । एप्पलले आफ्नो सबैभन्दा सस्तो फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको एक हप्ता पछि सामसुङले पनि नयाँ बजेट फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको छ ।

एप्पलको आइफोन एसइ फाइभ जी सँग मूल्य तथा डिजाइनमा समेत प्रतिस्पर्धा गर्नेगरी सामसुङले बिहिबार नयाँ ग्यालेक्सी ए ५३ फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको हो ।

ग्यालेक्सी ए ५३ मा नयाँ क्वाड कोर क्यामरा सिस्टम, शक्तिशाली प्रोसेसर, उत्कृष्ट डिजाइन र फाइभ जी सपोर्ट रहेको छ । यसमा ६.५ इन्चको स्क्रिन तथा कम्पनीको एक्जीनोस फाइभ नानोमिटर प्रोसेसर रहेको छ ।साथै यसमा ब्याट्री क्षमता पनि उच्च रहेको र एकपटक चार्ज गरिसकेपछि दुई दिनसम्म ब्याट्री टिक्ने दाबी गरिएको छ ।

क्वाडकोर क्यामरा सिस्टम अन्तरगत एउटा ६४ मेगापिक्सेलको मूख्य क्यामरा छ भने सेल्फी क्यामरा ३२ मेगापिक्सेलको छ ।

इसको सुपथ मूल्यका कारण ग्यालेक्सी ए ५३ उपभोक्ताहरुको रोजाइमा पर्नसक्ने देखिएको छ । १२८ जिबी स्टोरेजवाला ए ५३ मोडेलको मूल्य ४४९ डलर तोकिएको छ जुन अघिल्लो मोडेलको भन्दा ५० डलर कम हो । जुन एप्पलको आइफोन एसइ फाइभ जी भन्दा ३० डलर सस्तो पर्दछ ।

स्मरण रहोस् एप्पलले आइफोन एस इ फाइभ जी को ६४ जिबी मोडेल पनि ल्याएको छ, जसको मूल्य ४२९ डलर छ । तर सामसुङले भने ए ५३ फाइभ जी मा ६४ जिबी मोडेल ल्याएको छैन ।

बजेट स्मार्टफोनको बजार समेत संतृप्त बनिसकेको बेला सामसुङ तथा एप्पलका स्मार्टफोनको मूल्ययुद्धमा सामसुङले बाजी मार्ने देखिएको छ । जसका कारण बजेट फाइभ जी स्मार्टफोनका उपभोक्ताहरुबीच ग्यालेक्सी ए ५३ पहिलो रोजाई बन्न सक्दछ ।

सामसुङका प्रिमियम ग्यालेक्सी एस तथा नोटका फ्लागसिप स्मार्टफोनले ए सिरिजका स्मार्टफोनलाई छायाँमा पार्दै आएको भएपनि महामारी पश्चात् विश्वको अर्थतन्त्र तहसनहस हुँदा ए सिरिजका बजेट स्मार्टफोनको माग बढेको छ । गतवर्ष विश्व बजारमा भएका स्मार्टफोन बिक्रिमा सामसुङका बजेट फोनको बाहुल्य रहेको थियो । सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?