+
+

‘सतीप्रथाको बाछिटा समाजमा अझै छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १७:१९

४ चैत, काठमाडौं । सतीप्रथा उन्मूलन भए पनि समाजमा यसको बाछिटा अझै रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘सती संवाद’ अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले शक्ति, सम्पत्ति र सत्ताले अझै पनि महिलालाई दोस्रो दर्जामै राखिरहेको बताए ।

लेखक सुजित मैनालीले सम्पत्तिदेखि महिलाको यौन जीवनसम्म पनि सतीप्रथाकै अवशेष पाइने बताए । ‘सती’ पुस्तकका लेखक समेत रहेका मैनालीले केही समयअघि हेटौंडामा बीमाको रकमका कारण महिलाको हत्या गरिएको घटनालाई सतीप्रथाको बाछिटा भएको बताए ।

डाक्टर अरुणा उप्रेतीले महिलाको शरीरलाई पुरुषको निजी सम्पत्ति सोच्ने मानसिकता अझै हट्न नसकेको बताइन् । कार्यक्रममा सांसद विमला राई पौडेलले सती प्रथा शक्ति, सम्पत्ति र सत्तासँग जोडिएको बताइन् । यसले महिलालाई बँधुवा बनाइरहेकाले यो सतीप्रथाकै अवशेष भएको जिकिर गरिन् ।

सांसद तथा समाजशास्त्री विद्या भट्टराईले महिलालाई मार्नका लागि सतीप्रथालाई सांस्कृतिक हतियार बनाइएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?