+
+

टेलिकमले डेटाको शुल्क २० प्रतिशतसम्म घटाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते २०:०५

४ चैत, काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट डेटा सेवाको शुल्क घटाउने भएको छ । उपभोक्तालाई सस्तोमा डेटा दिन टेलिकमले हाल विभिन्न अवसरमा दिइने अफरलाई स्थायी गर्ने भएको छ । अफरमा दिइने डेटा शुल्क १५ देखि २० प्रतिशतसम्म  बढाउँदा मेन ब्यालेन्सबाट चल्ने डेटा शुलद्क १५ देखि २० प्रतिशतले घट्ने टेलिकमको भनाइ छ ।

शुक्रवार काठमाडौंमा भएको एक कार्यक्रममा टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत तथा नायव प्रवन्ध निर्देशक संगीता पहाडीले होली, नयाँ वर्ष लगायत विभिन्न चाडपर्व, दिवस र अवसरका बेला दिइएका अफरहरूलाई स्थायी बनाउन दूरसञ्चार प्राधिकरणमा प्रस्ताव गरेको बताइन् ।

प्याकेज नलिई इन्टरनेट चलाउँदा प्रतिएमबीपीएस एक रुपैयाँ पर्ने गरेकोमा स्किमहरु किन्दा ४/५ पैसामै दिन सकिने अवस्था रहेको उनले बताइन् । पछिल्लो दुई वर्षमा डेटाको मूल्य २५ प्रतिशतसम्म घटाएको भन्दै उनले अन्तर्राष्ट्रिय ब्यान्डविथ खरिद गर्दा महंगो लागत रहेकाले शुल्क घटाउन सकस परेको बताइन् ।

टेलिकमको कूल आयको २५ प्रतिशत हिस्सा नवीकरण शुल्कमा खर्च हुने गरेको भन्दै उनले पि|mक्वेन्सी शुल्क समेत महँगो भएकाले लागत घटाउन नसकेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?