+
+

पर्सामा टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते ९:५७

६ चैत, काठमाडौं । पर्साको ठोरी गाउँपालिका-३ मा आज बिहान टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टेम्पोमा सवार अन्य २ जना घाइते भएका छन् ।

रामनगरबाट बिजयवस्ती तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ह ६२८ नम्बरको टेम्पो आज बिहान साढे ३ बजे दुर्घटना हुँदा पर्साको ठोरी गाउँपालिका-४ का अन्दाजी ३५ वर्षीय बीरबहादुर विश्वकर्माको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ठोरी-३ का खेल बहादुर विश्वकर्मा र विजय सुनार सामान्य घाइते छन् । उनीहरुको स्थानीय मेडिकल उपचार गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?