+
+

वस्तु आयातमा शतप्रतिशत मार्जिनले साना व्यवसायी मर्कामा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १५:०१

६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट आयात गरिने वस्तुमा शतप्रतिशत मार्जिनको व्यवस्था गर्दा साना व्यापारी मारमा परेको व्यवसायीहरुले बताएका छन् ।

वस्तु आयातमा शतप्रतिशत मार्जिन व्यवस्थाले व्यापारीहरुलाई मानसिक तनाब बढाएको उनीहरुको भनाइ थियो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले वस्तु आयातमा शतप्रतिशत मार्जिन लागू हुनुभन्दा अगाडि अर्डर गरेर ल्याइएका सामान समेत विभिन्न बहानामा तीन महिनादेखि भन्सारमा नै रोकिएको बताए ।

साना व्यवसायी तथा व्यापारीहरुले मौसम अनुसारका सामान ५ महिना अगाडि नै खरिदमा लगानी गरेको अहिलेसम्म पनि बजारमा सामान नआएकाले बैंकको ब्याज बढेर व्यवसायबाट भाग्नु पर्ने अवस्था आएको उनले बताए ।

सरकारले मार्जिन व्यवस्था लागू गर्नुभन्दा अगाडि अर्डर गरेर खरिद गरिएको सामान आयातको विषयमा अध्ययन विना नीति लागू गरेकाले अहिले व्यवसायीहरुलाई मर्का परेको उनको भनाइ थियो । उनले अहिले भन्सारमा सामान ल्याउने कन्टेनरको समेत भाडा बढेकाले बजारमा आउने सामानको अत्यधिक मूल्यवृद्धि भएको बताए ।

साना तथा मझौला व्यवसायीहरुको पहुँच नपुग्ने भएकाले सरकारले साना व्यवसायीहरुलाई उपेक्षा गरेको अध्यक्ष कटुवाले आरोप लगाए । गर्मी मौसमका लागि पाँच महिना अगाडि खरिद गरेका सामान बजारमा आउनु पर्ने भए पनि भन्सार नाकामा समान रोकिएर बसेको तर सरकारले भन्सारमा सहजीकरण गर्ने काम नगरेको बताए ।

चीनले अघोषित नाकाबन्दी गरेर दिनमा २ वटा कन्टेनर भन्सारबाट पठाउँदा तीन वर्षदेखि साना व्यवसायीहरु समस्या रहँदा समेत सरकारको आँखा नपुगेको उनको भनाइ थियो ।

काठमाडौंको महाबौद्धमा कपडा व्यापार गर्ने व्यापारी झविन्द्र जीसीले तीन महिना अगाडि गर्मी महिनाको सामान खरिद गरे पनि अहिलेसम्म भन्सारबाट सामान नआएको बताए ।

अर्का व्यापारी कुलेन्द्र जीसीले सरकारको नीतिको कारण साना व्यापारी मर्कामा परेको बताए । उनले अर्डर गरिएका समान भन्सारबाट सहज रुपमा पाँच महिनासम्म नआउँदा व्यापार नै ठप्प रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?