+
+

८ महिनामा २११ जना विदेशी नागरिक निष्कासित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १८:४९

६ चैत, काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना (साउनदेखि–फागुनसम्म)मा नेपालले २११ जना विदेशी नागरिकलाई निष्कासन गरेको छ ।

नेपालमा भिसा सकिएको अवधिसम्म बसिरहेका तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न विदेशी नागरिक नेपालबाट निष्कासनमा परेको अध्यागमन विभागले जनाएको छ ।

विभागका अनुसार फागुन महिनामा मात्रै १३ जना विदेशी नागरिक निष्कासनमा परेका छन् ।

नेपाल आउन सवा १ लाख बढीलाई भिसा

विभागले यो अवधिमा कुल १ लाख २५ हजार ६५८ जनालाई भने नेपाल आउन भिसा प्रदान गरेको छ । नेपालले विभिन्न १३ प्रकारका भिसा मार्फत विदेशी नागरिकलाई स्वागत गरेको छ । जसमा पर्यटक भिसामा आउने विदेशी नागरिकको संख्या भने १ लाख १३ हजार ६२७ जना रहेको छ ।

८ महिनामा २ हजार ४ जना विदेशी नागरिक भने व्यवसायिक भिसामा नेपाल आएका छन् । ६ जनाले नेपाललाई ट्रान्जिट बनाएर विदेश उडेका छन् । वैवाहिक भिसामा ९४३ जना विदेशी नेपाल आएको देखिएको छ ।

अध्ययन भिसामा भने ८९३ जना विदेशी नेपाल आएको देखिएको छ । आवासीय भिसामा ११, गैरआवासीय भिसामा १२८६, नाता भिसामा ३८०८, कामदार भिसामा १७८१, कुटनीतिक भिसामा ४३६, अफिसियल भिसामा ५३८, प्रेस भिसामा ३ र अन्यमा ३२२ जनाले भिसा पाएको देखिएको छ । फागुन महिनामा मात्र २४ हजार १९८ जनाले नेपाल आउन भिसा पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?